×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्ति भैरब सहकारीमा करोडौँ* हिनामिना !, ‘एउटै कर्मचारीका नाममा ७० लाख ऋण, पैसा फिर्ता नपाएपछि बचतकर्ता धर्नामा !’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कान्ति भैरब सहकारीमा करोडौँ* हिनामिना !, ‘एउटै कर्मचारीका नाममा ७० लाख ऋण, पैसा फिर्ता नपाएपछि बचतकर्ता धर्नामा !’

Artha Sarokar

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् ।

सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित संघर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख ४८० रहेको उनको दाबी छ ।

समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६० करोड ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । रु छ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले बताएका छन् ।

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म संघर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । धर्नापछि बसेको बैठकमा पनि संघर्ष समितिका नेतामात्र सहभागी भएर अरुलाई नराखिएको उनले बताएका छन् । वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरीको सहजीकरणमा बैठक भएको जनाइएको छ ।

छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने, कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनको भनाई छ ।

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् ।

सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले रु ७० लाख ऋण लिएको भेटिएको संघर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । उनी अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ ।

राससको समाचारमा अर्थ सरोकारको थप अपडेट 

 संस्थाको जिम्मेवार व्यक्ति बताउने श्रेष्ठ थरका एक व्यक्तिले अर्थ सरोकारमा फोन गर्दै संस्थाको डिपोजिट ६०-६५ करोडमात्र भएको दाबी गरेका छन् । उनले सबै बचतकर्ताले एकैपटक बचत फिर्ता माग्न आएकोले दिन नसकेको र संघर्षरत व्यक्तिहरु आफूकहाँ वार्ता गर्न नै नचाहीरहेको दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी