×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ महिनाको घरभाडा नतिरी जिबी राईको समानता सहकारी भाग्यो, रकम फिर्ता नपाउँदा बचतकर्ताको बिचल्ली !

PRIME CA

१८ महिनाको घरभाडा नतिरी जिबी राईको समानता सहकारी भाग्यो, रकम फिर्ता नपाउँदा बचतकर्ताको बिचल्ली !

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था बन्द भएको छ । बचतकर्ताको करोडौँ रकम र १८ महिनादेखिको घरभाडा नतिरी संस्था एकाएक बन्द भएको हो । उक्त सहकारी सहकारी नेटवर्किङ खडा गरी अरबौँ ठगी गर्ने गितेन्द्रबाबु राई (जिबी राई) को समूहले सञ्चालन गरेको सहकारी हो ।

उक्त सहकारीविरुद्ध हालसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा ३२ जना बचतकर्ताले उजुरी दिएका छन् । प्रहरीमा परेको उजुरीअनुसार हालसम्म सहकारीमा एक करोड नौ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ ।

हाल उक्त सहकारीविरुद्ध उजुरी दिनेहरु बढिरहेकाले ठगी रहक पनि बढ्न सक्ने प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले बताएका छन् ।

२०७६ सालदेखि सञ्चालनमा आएको उक्त सहकारी ठगी प्रकरणमा संस्थाका सञ्चालक जिबी राईसहित ८ जनाविरुद्ध यसअघि नै पक्राउपुर्जी जारी भइसकेको छ । हाल उनीहरु फरार छन् ।

त्यस्तै, बचतकर्ताको बचत फिर्ता नगरी बन्द भएको उक्त सहकारीले १८ महिनादेखि घरभाडासमेत नितरेको पाइएको छ । २०७६ साउन १ गतेदेखि वेस्टर्न बिजनेस ग्रुप प्रालिको दोस्रो तल्ला भाडामा लिए पनि पछिल्लो १८ महिनादेखि कुनै पनि भाडा नतिरी बिनासूचना बन्द भएको वेस्टर्न बिजनेस ग्रुपले जनाएको छ ।

हाल उक्त सहकारीको कार्यालयमा वडा कार्यालय तथा प्रहरीको रहोबरमा ताला लगाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: