काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मापदण्ड पूरा गरेका कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने बताएका छन् । बिहीबार लेखा समितिले बोर्ड तथा बीमा प्राधिकरणसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले क्षेत्रगत रुपमा कुन कम्पनीले आईपीओ जारी गर्न पाउने वा नपाउने भनेर नछुट्याइएको भए पनि बोर्डले तोकेको मापदण्ड पूरा गरेका कम्पनीले प्रिमियमा आईपीओ जारी गर्न पाउने बताए ।
त्यस्तै, प्रियिममा आईपीओ जारी गर्दा लाभकर छली हुने तर्क भने गलत भएको श्रेष्ठले स्पष्ट पारेका छन् ।
प्रिमियममा आईपीओ जारी गर्ने विषयमा समितिले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने आफूहरुको काम बीमा कम्पनीहरुको कारोबारको नियमन गर्ने मात्रै भएको बताएका छन् ।
‘हाम्रो काम बीमा कम्पनीहरुको कारोबारको नियमन गर्ने हो ।’, उनले भने, ‘प्रिमियममा आईपीओ दिने कि नदिने भन्ने निर्णय गर्ने अधिकार बोर्डलाई मात्र हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्