×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ महिनापछि सर्किटसहित सेयर बजारमा हरियाली, १११.२० अंकले बजार बढ्दा लगानीकर्ताले मिठाई बाँडे !

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार

PRIME CA

२४ महिनापछि सर्किटसहित सेयर बजारमा हरियाली, १११.२० अंकले बजार बढ्दा लगानीकर्ताले मिठाई बाँडे !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । आइतबार बजार ६ प्रतिशतले बढेर बन्द भएको हो । बिहीबारको तुलनामा नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा कुल २४४ कम्पनीको १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माउनटेन इनर्जी नेपालको भएको छ । यस कम्पनीको ३ करोड ५८ लाख २५ हजार ८ सय ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राप्ती हाइड्रो एण्ड जेनेरल कनस्ट्रकशन, शुवम पावर लिमिटेड, कालिन्चोक दर्शन र इङवा हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार माउनटेन इनर्जी नेपालको भएको छ । यस कम्पनीको ३ करोड ५८ लाख २५ हजार ८ सय ३३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनएमबी सुलब इन्भेस्टमेन्ट फण्ड-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले घटेको हो । एनएमबी सुलब इन्भेस्टमेन्ट फण्ड-२ मा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, एनआइबिएल प्रगति फण्ड, उपकार लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

नेपाली सेयर बजारमा पोजेटिभ सर्किट लागेपछि लगानीकर्ताहरु खुसीले गदगद भएका छन् । करिव २ बर्षपछि सर्किट लागेको देखेका लगानीकर्ताहरु बजारको सकारात्मक माहोल देखेपछि उत्साहित भएका हुन् । उत्साहित भएकाहरुले आज ब्रोकर हाउसहरुमा मिठाई बाँडेर खुसी साटेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: