×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीः बैंकले सम्पत्ति लिलाम गर्ने भएपछि शिव शिखरका बचतकर्ता तनावमा, लिलामी रोक्न माग !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहकारी ठगीः बैंकले सम्पत्ति लिलाम गर्ने भएपछि शिव शिखरका बचतकर्ता तनावमा, लिलामी रोक्न माग !

Artha Sarokar

९ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त घोषणा भएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पती लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरुले सहकारीको नाममा रहेको सम्पती बचतकर्ताहरुबाट संकलन गरिएको रकमबाट खरिद गरिएको भन्दै सहकारीको नाममा रहेका सम्पत्ति लिलामीबाट रोक्न माग गरेका हुन् ।

संस्थाले वभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ । संस्थाको नामको सम्पती धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरुले धमाधम लिलामीको प्रकियामा अगाडी बढाउने तयारी गरेका छन् । सहकारीको सम्पती लिलामी हुने भएपछि बचतकर्ताहरु तानवमा छन् । उनीहरु बैंकले लिलाम गर्न लागेको सम्पती वचतकर्ताहरुको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पतीलाई कुनै व्यापारी प्रतिष्ठानहरुले किन्ने र बचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन् ।

बैंकले सबै सम्पत्ति लिलामी गरेर आफूहरुको लगानी नउठ्ने भन्दै उनीहरु चिन्तित बनेका छन् । त्यस्तै सञ्चालन भइरहेका उद्योगहरु बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याएर बचतकर्ताहरुको रकम फिर्ता गर्न पनि बचतकर्ताहरुले सुझाव दिएका छन् । सहकारीका बचतकर्ताहरुले सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पत्ति बचतकर्ताहरुको हुने भन्दै बैंक, सहकारी र सरकारी माफियाहरु मिलेर लिलामी गरी बचतकर्तारुहको रकम डुबाउन खोजिएको आरोप समेत लगाएका छन् ।

सहकारीले देशभरका करिव दुई लाख बचतकर्ताको १० अर्ब रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक एवं पूर्व अध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरु थुनामा छन् । गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन् । बचतकर्ताहले आफूहरुको लगानी फिर्ता नहुने हो भने थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

शिव शिखर सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रेदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ । सहकारीले गोर्खा टी एण्ड कफी, गोर्खा टोब्याको, गोर्खा बेभरेज, उपकार ब्राण्डका घिउ, अचार, पानी, तुल्सी ब्राण्डका कम्पनी, चक्लेट कम्पनी, देशभर सञ्चालित २३ वटा गाडेन मार्ट लगायतमा लगानी गरेका छन् । त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर चितवन र मकवानपुर लगायत ठाउँमा दुई सय बिघा भन्दा धेरै जग्गा खरिद गरेको छ ।

सरकारीको नाममा करिव ५ सय वटा सवारीसाधन पनि छन् । सरकारले गत भदौदेखि उक्त सहकारीलाई समस्याग्रस्तमा राखेसँगै हाल सबै कम्पनी प्रायः बन्द अवस्थामा छन् भने सहकारीको नामको सम्पबि बैंकले रोक्का राखेको छ । बचतकर्ताहरुको रकम हिनामिना गरेको सहकारीका पूर्व अध्यक्ष एवं सञ्चालक केदारनाथ शर्माले भारतको राजस्थानमा नेपाः शिखर इण्डिया नामक कम्पनीमा लगानी गरेको समेत आरोप लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी