×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिव शिखर सहकारीमा कञ्चनपुरका बचतकर्ताको मात्रै ३२ करोड डुब्यो, अध्यक्षसहित ४ सञ्चालक जेलमा !  

PRIME CA

शिव शिखर सहकारीमा कञ्चनपुरका बचतकर्ताको मात्रै ३२ करोड डुब्यो, अध्यक्षसहित ४ सञ्चालक जेलमा !  

१५ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शिव शिखर सहकारीमा कञ्चनपुरका बचतकर्ताको मात्रै ३२ करोड रुपैयाँ ठगी भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तीन हजार ६ सय ७१ जना बचतकर्ताको उजुरीका आधारमा गरेको अनुसन्धानबाट कञ्चनपुरमा मात्रै ३१ करोड ९७ लाख तीन हजार ९ सय ५५ रुपैयाँ ठगी भएको पाइएको हो । 

कञ्चनपुर प्रहरीले शिव शिखर सहकारीमा भएको ठगीको अनुसन्धान सकेर नियन्त्रणमा रहेका संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित चार जना (गीता शर्मा, पुष्कर मल्ल, अमिसराज भण्डारी) लाई कैलाली प्रहरीको जिम्मा लगाएको छ । उनीहरुविरुद्ध कैलालीका बचतकर्ताले पनि उजुरी दिएकाले चारैजनालाई कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताएका छन् । 

हाल उनीहरुलाई कैलाली जिल्ला कारागारमा राखिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको उजुरीका आधारमा अनुसन्धान सकेर सहकारी ठगीसम्बन्धी फाइल अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिएका छन् । 

डिएसपी चन्दका अनुसार अनुसन्धान सकेर हाल चारैजनालाई अन्य क्षेत्र पठाउने तयारी गरिएको छ । उनीहरुविरुद्ध अन्य क्षेत्रमा पनि उजुरी परेकाले अनुसन्धानका लागि अन्यत्र पठाउन लागिएको हो ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले देशभर विभिन्न ठाउँमा शाखा कार्यालय खोली सेवा प्रवाह गर्दै आएको थियो । सहकारीमा भएको घोटाला प्रकरण बाहिरिएसँगै हाल संस्थाका सबै कार्यालय बन्द भएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: