×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेपछि केक काट्दै सुबासचन्द्र भट्टराईले भने- ‘अवको बजार १००% माथि हो’

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार

PRIME CA

सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेपछि केक काट्दै सुबासचन्द्र भट्टराईले भने- ‘अवको बजार १००% माथि हो’

काठमाडौँ । सेयर बजारमा लामो समयपछि पोजेटिभ सर्किट लागेपछि विभिन्न ब्रोकर हाउसमा लगानीकर्ताहरुले लड्डु बाँडेर खुसीयाली बनाएका छन् । यसैबीच ‘सेयर गुरु’ सुबास चन्द्र भट्टराईले पनि केक काटेर बजारमा सर्किट लागेको खुसी बाँडेका छन् । अवको यात्रा बुलको नै भएको बताउँदै भट्टराईले लामो समयको प्रतीक्षाको फल अव लगानीकर्ताले पाउने दाबी गरे । पोजेटिभ सर्किट लागेको अवसरमा केक काट्दै भट्टराईले अवको यात्रा २४०० सम्म जान सक्ने बताए । ‘अवको बजार १००% माथि हो।’ भट्टराईले अर्थ सरोकारसँग भने -‘अव लगानीकर्ताले कमाउने समय आयो ।’
भट्टराईले सेयर बजारमा लगानी गर्न अहिलेको समय उत्तम रहेकोसमेत दाबी गरे । बजार ३२०० को यात्रामा जाने, अहिलेकै यात्रा २४०० हाराहारीसम्म जाने र १८०० को विन्दु तल्लो विन्दु हो भन्ने यकिन भईसकेको अवस्थामा सेयर बजारका लगानीकर्ताहरुले अव धेरै चिन्ता नलिई, राम्रा कम्पनीहरु छानेर अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।
यद्यपी बजार बढेका बेला चामलसँगसँगै कनिका पनि बिक्ने हुनाले कम्पनी छान्दा पनि ख्याल गर्नुपर्ने बताए । केक काटेर सर्किटको खुसी मनाएपछि अर्थ सरोकारलाई प्रतिक्रिया दिँदै भट्टराईले राम्रो कम्पनी छानेर अघि बढ्दा लगानीकर्ताले अवको बजारमा मिठो पैसा कमाउन सक्ने बताए ।
भट्टराईसँग गरिएको कुराकानी केहि समयपछि अर्थ सरोकारमा प्रशारण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: