Skip to content
LAXMI SUNRISE BANK

‘सर्किट लागेको भोलिपल्ट बजार करेक्सन हुनु स्वभाविक हो, इतिहासमा पनि अधिकांश समय यस्तै भएको छ’

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको भोलिपल्ट नै बजार घटेपछि यतिबेला धेरै लगानीकर्ताहरु बजारको सकारात्मक माहोल नटिकेको हो कि भन्ने चिन्तामा छन् । कतिपयले बजारको सकारात्मक माहोल एक दिन पनि नटिकेको भनेर टिप्पणी गरिरहेका छन् । तर सेयर बजारका जानकारहरुले भने सर्किट लागेको भोलिपल्ट बजारमा करेक्सन आउनु स्वाभाविक रहेको बताउँछन् । प्राविधिक विश्लेषक सुबास चन्द्र ढुंगानाले पनि सेयर बजारमा सर्किट लागेको भोलिपल्ट बजारमा करेक्सन आउनु स्वभाविक रहेको बताएका छन् ।
‘इतिहासमा हेर्ने हो भने पनि अधिकांश सर्किट लागेको दिनको भोलिपल्टको कारोबारमा बजार घटेको छ । पहिलो दिन र दोश्रो दिन सर्किट लाग्दा तेश्रो दिन नेगेटिभ सर्किट लागेको पनि इतिहास छ ।’ ढुंगानाले अर्थ सरोकारसँग भने, ‘यसपटक पनि भएको त्यहि हो । बजार एक दिन पनि टिकेन भन्नु सहि होइन ।’
उनका अनुसार आइतबार ठुलो अंकले बजार बढेपछिको दोश्रो दिन बजारमा देखिएको घटोत्तरी स्वाभाविक थियो । ‘अझ आज पनि पोजेटिभ सर्किट लागेर भोलि नेगेटिभ सर्किट पनि लाग्न सक्थ्यो, आजै नेगेटिभ सर्किट पनि लाग्न सक्थ्यो । आज जसरी थोरैमात्र करेक्सन भएको छ, यसले माहोल सकारात्मक नै छ भन्ने देखाएको छ ।’
उनका अनुसार सोमबारमा देखिएको चरम उतारचढाव पनि सामान्य हो । ‘बजारमा सर्किट लागेको भोलिपल्ट बजारमा व्यापक उतारचढाव हुनु पनि अन्यथा होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ढुंगानाले भने, ‘यसअघिको बजारमा पनि सर्किट लागेको भोलिपल्टको बजारमा यस्तै उतारचढाव देखिने गरेको थियो ।’
ढुंगानासँग गरिएको कुराकानीको अंश भिडियोमा हेर्नुहोस्ः  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK