काठमाडौँ । क्रिष्चियन र्धम नमान्नेलाई जेल हाल्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती विवादमा तानिएका छन् । बुधबार काठमाडौँमा आयोजित उपत्यकाबासी संयुक्त बृहत ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा भाषण गर्दै क्रिष्चियन र्धम नमान्नेलाई जेल हाल्नुपर्छ भनेपछि मन्त्री किराती विवादमा तानिएका हुन् ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रममा मन्त्री किरातीले क्रिष्चियन धर्म नमान्नेलाई जेल हाल्ने घोषणा नै गरेका छन् ।
‘क्रिष्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन् ।’, मन्त्री किरातीले भने, ‘यदी कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने अनि जेलमा हाल्दिने हो ।’
काममा भन्दा बढी ‘स्टन्टबाजी’मा देखिने मन्त्री किरातीको यही अभिव्यक्तिपछि उनको चौतर्फि विरोध सुरु भएको छ । सत्तारुढ दलकै नेतादेखि प्रतिपक्ष र जनताहरुले मन्त्री किरातीको खुलेरै विरोध गरिरहेका छन् । यतिसम्म कि सामाजिक सञ्जालमा धेरैले उनलाई ‘संस्कार नभएका संस्कृति मन्त्री’ भन्दै आलोचना गरिरहेका छन् । अहिले मन्त्री किरातीको सोही अभिव्यक्तिका कारण उनको राजिनामा माग्नेहरुको संख्या पनि बढेको छ ।
उनको यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि आपत्ति जनाएका छन् । मन्त्री किरातीको उक्त अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको रविले बताएका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।’, रविले भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’
यति मात्र होइन, अहिले सत्तारुढ दलकै नेताहरुले पनि मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सँगै उनको राजिनामाका लागि पनि चौतर्फी दबाब परेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्