×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रिष्चियन धर्म नमान्नेलाई जेल हाल्ने घोषणा गरेका मन्त्री किरातीको दाबी- ‘अतिवादलाई परास्त गरौँ’

PRIME CA
GLOBAL IME BANK

क्रिष्चियन धर्म नमान्नेलाई जेल हाल्ने घोषणा गरेका मन्त्री किरातीको दाबी- ‘अतिवादलाई परास्त गरौँ’

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विवादित अभिव्यक्तिका कारण ओलोचित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अतिवादलाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् । चर्को आलोचना भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अतिवादलाई परास्त गर्ने दाबी गरेका हुन् ।

‘बहसको लागि सबैलाई धन्यावाद ! संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौँ ।’, मन्त्री किरातीले लेखेका छन्, ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’

त्यस्तै, मन्त्री किरातीले आफुलाई कहिले हिन्दु, कहिले बुद्धिष्ट, कहिले मुस्लिम र कहिले क्रिष्चियन भन्ने गरेको बताउँदै आफू सबैको अभिभावक भएको बताएका छन् । साथै उनले आफुले सबै अस्तित्वको सम्मान गरेको पनि उल्लेख गरेका छन् । चर्को आलोचनापछि मन्त्री किरातीले सार्वजनिक गरेको उक्त पोष्टमा उनलाई समर्थनभन्दा गाली गर्नेहरु धेरै छन् ।

सामाजिक सद्भाव खलबलाउने गरी अभिव्यक्ति दिएको भन्दै उनको चौतर्फी राजिनामा माग गरिएको छ । मन्त्री किरातीको राजिनामा माग गर्दै बिहीबार पशुपति क्षेत्रमा आन्दोलन समेत गरिएको छ ।

मन्त्री किरातीले बुधबार प्रज्ञा भवनमा आयोजित उपत्यकाबासी संयुक्त बृहत ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै क्रिष्चियन धर्म नमान्नेलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । मन्त्री किरातीको यस्तो अभिव्यक्तिपछि प्रतिपक्ष र सत्तारुढ दलकै शीर्ष नेताहरुले मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: