×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुको पसलबाट सुन चोरेर आफ्नै सुन पसल खडा गर्ने ‘३ भाई चोर’ पक्राउ, रातभर चोरको सुन दिउँसो बेच्थे !

अर्थ सरोकार

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार

PRIME CA

अरुको पसलबाट सुन चोरेर आफ्नै सुन पसल खडा गर्ने ‘३ भाई चोर’ पक्राउ, रातभर चोरको सुन दिउँसो बेच्थे !

काठमाडौँ । प्रहरीले अरुको सुन पसलबाट सुन चोर्ने र आफ्नो पसलबाट बेच्ने ३ जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

पक्राउ पर्नेहरुमा काठमाडौं नागार्जुन नगरपालिका-६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका-८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका-९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा छन् । उनीहरु सबैको सुन पसल छ ।

गत असार १५ गते काठमाडौं शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौं बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी भएको थियो । यहि घटनाको उजुरीपछि प्रहरीले ती चोरहरुलाई समातेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: