×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करीमा विमानस्थल शौचालयको प्रयोग, एउटा चाबी कर्मचारी र अर्को चाबी तस्करसँग भएको खुलासा !

PRIME CA
GLOBAL IME BANK

सुन तस्करीमा विमानस्थल शौचालयको प्रयोग, एउटा चाबी कर्मचारी र अर्को चाबी तस्करसँग भएको खुलासा !

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयको प्रयोग हुने गरेको खुलासा भएको छ । भन्सार विभागले गरेको अनुसन्धानका क्रममा नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी र तस्करबीचको मिलेमतोमा विमानस्थल भित्र रहेको अपांगमैत्री शौचालयभित्र रहेको दराजको प्रयोग गरिएको पाइएको हो ।

व्यवसायिक व्यक्तिका लागि छुट्याइएको अपांगमैत्री शौचालयभित्र रहेको दराजको एउटा चाबी क्यानका कर्मचारी र अर्को चाबी सुन तस्करसँग हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

सोही चाबीको प्रयोग गरेर सुन ल्याउने भरियाले जहाजबाट ओर्लिनेबित्तिकै सिधै शौचालयमा गएर तस्करी गरेर ल्याइएको सुन शौचालयभित्रको दराजमा राख्ने र उपयुक्त समयमा क्यानका कर्मचारीले तस्करीको सुन चोरबाटो भएर बाहिर निकाल्ने गरेको पाइएको छ । यतिसम्म कि सुन तस्करले सो दराजमा राखेको तस्करीको सुन क्यानका कर्मचारीले सीसीटिभी, प्रहरी तथा भन्सारका कर्मचारबाट जोगाएर विमानस्थल बाहिर पुर्याउने गरेको तथ्य पनि फेला परेको छ ।

अनुसन्धानका क्रममा भन्सार विभागले उक्त शौचालयभित्रको दराजको प्रयोग गरी यसअघि पनि थुप्रै पटक सुन तस्करी गरिएको प्रमाण फेला पारेको छ ।

यसरी शौचालयभित्रको दराजमा राखिएको तस्करीको सुन विमानस्थल बाहिर ल्याउन नागरिक उड्डयन प्राधिकरणका ४ जना कर्मचारीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ जना कर्मचारीको संलग्नता पुष्टि भएको छ । तस्करीमा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा विभागले थप अनुसन्धान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: