काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको खुलासा भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले गरेको अनुसन्धानबाट घले र उनको समूहले विभिन्न समयमा गरी १३८ किलो सुन तस्करी गरेको पाइएको हो ।
मंसिर २२ गते फ्लाइ दुबईको विमानमार्फत तस्करीको १४ किलो सुनसहित नेपाल आएका गोरखाका चन्द्र घले पक्राउ परेपछि प्रहरीले मीनबहादुर घलेलाई पनि पक्राउ गरेको थियो ।
मीनबहादुर घलेले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको व्यवस्था मिलाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
समितिले गरेको छानबिनले मीनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले त्रिभुवन विमानस्थलमा गरिएको सेटिङका आधारमा पटकपटक गरी १३८ किलो सुन तस्करी गरिसकेको पुष्टि गरेको हो ।
दुबईमार्फत आएको तस्करीको सुन विमानस्थलबाट बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखाका कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले सघाएको समेत समितिले निष्कर्ष निकालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्