×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ४३ करोड ठगी मुद्दाको अन्तिम बहसमा सरकारी वकिल नै गायब, न्याय पर्खिएका निक्षेपकर्ता मर्कामा !

PRIME CA

सहकारीको ४३ करोड ठगी मुद्दाको अन्तिम बहसमा सरकारी वकिल नै गायब, न्याय पर्खिएका निक्षेपकर्ता मर्कामा !

अर्थ सरोकार

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार

काठमाडौँ । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा भएको ठगी मुद्दाको अन्तिम सुनुवाइमा सरकारी वकिल नै गायब भएका छन् । ४३ करोड ठगी प्रकरणमा पुष ३ गतेदेखि बाँके जिल्ला अदालतमा सुनुवाई भइरहेको भए पनि आइतबार हुने भनिएको अन्तिम दिन सरकारी वकिल नै गायब भएका हुन् ।

सरकारी वकिल नै सुनवाइको अन्तिम दिन अदालतमा उपस्थिति नभएपछि सुनुवाइको अर्को पेशी बुधबारका लागि तोकिएको छ ।

अदालतमा सुनुवाई सुरु हुँदासम्म पनि सरकारी वकिल अनुपस्थित भएपछि न्यायाधीश इन्द्रबहादुर कठायतले ४/५ पटकसम्म सरकारी वकिललाई बोलाएका थिए । तर, सरकारी वकिल नै अदालतमा अनुपस्थित भएपछि उक्त मुद्दाको सुनुवाइ सारिएको पीडित पक्षले बताएका छन् । पीडित निक्षेपकर्ताका अनुसार सरकारी वकिल अदालतमा उपस्थित नभएपछि उनलाई खोज्न निक्षेपकर्ताहरु सरकारी वकिल कार्यालयमा पनि पुगेका थिए । तर, फोन समेत ‘स्विच अफ’ गरेर सम्पर्कविहीन भएका उनी (सरकारी वकिल) कार्यालयमा पनि थिएनन् ।

सहकारी वित्तीय विकास संस्थामा ११ हजार ८ सय ४ जना निक्षेपकर्ताको ४३ करोड हिनामिना भएको पीडितहरुको बताएका छन् । उनीहरुका अनुसार सहकारी वित्तीय विकास संस्थाका ४१ जना पदाधिकारी तथा कर्मचारीविरुद्ध २०७६ साल असोज २८ गते अदालतमा दायर भएको मुद्दाको अझै पनि टुंगो लागेको छैन ।

हाल उक्त संस्थाका गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, गौरब श्रेष्ठ, बलराम यादव, सूर्य विक र शारदा थापा कारागारमै छन् भने अन्य ३४ जना भने धरौटीमा छुटेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: