काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यताको विषयलाई लिएर अदालतमा रिट परेपछि विभिन्न संचारमाध्यममा आएका टिकाटिप्पणीबारे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आपत्ति जनाएको छ । चार्टर्ड एकाउन्टेन्ट्स (सीए)लाई तालिमे पेसाको रूपमा व्याख्या गरिएकोभन्दै एक्यानले विज्ञप्ति नै जारी गरेको आपत्ति जनाएको हो ।
विज्ञप्तिमार्फत एक्यानले न्यूनतम पाँच वर्षे अध्ययन अवधि रहेको उपाधिको सही मूल्यांकन नभए देशमा रहेका सीएहरू अन्यत्र पलाएन हुन सक्ने समेत खतरा हुने बताउँदै ‘सीएजस्तो गरिमामय’ पेसाको मर्यादामा आँच आउने खालको टीकाटिप्पणी नगर्न पनि आग्रह गरेको छ ।
‘न्यूनतम पाँचवर्षे अध्ययन अवधि रहेको यस पेसामा अहोरात्र खटिएर अनेकन पटक प्रयास गरेर, तीनवर्षे तालिम अवधि पूरा गरेर हासिल गरेको उपाधिको मूल्यांकन सही तरिकाले हुन सकेन भने यो देशमा रहेर सेवा प्रदान गरिरहेका चार्टर्ड एकाउन्टेन्ट्सहरू अन्यत्र पलायन हुन सक्ने समेत खतरा उत्पन्न हुने कुरामा दुईमत छैन,’ संघले भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्