×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको पछिल्लो तथ्यांकः नेपालीले ६० खर्ब रुपैयाँ बैंकमा राखे, ५० खर्ब ऋण लिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकको पछिल्लो तथ्यांकः नेपालीले ६० खर्ब रुपैयाँ बैंकमा राखे, ५० खर्ब ऋण लिए

Artha Sarokar

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाबाट साढे १८ लाख ऋणीहरुले झण्डै ५० खर्ब रुपैयाँ ऋण लिएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्म ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ ऋण १८ लाख ५८ हजार ३ सय ५५ जना ऋणीले चलाएको पाइएको हो ।

जसमध्ये १५ लाख २७ हजार ८ सय १४ जना ऋणीले वाणिज्य बैंकबाट ऋण लिएका छन् भने २ लाख ८८ हजार ५ सय ७५ जना ऋणीले विकास बैंक र ४२ हजार ६६ लाख जना ऋणीहरुले विभिन्न बैंक तथा वित्त कम्पनीहरुबाट ऋण लिएका छन् ।

सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले ५ करोड ३३ लाख ३ हजार ३ सय ७८ खाताबाट कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी