×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाबी भुक्तानीमा हदैसम्मको दुःख दिने युनाइटेड अजोडसहित ३ बीमा कम्पनी कारवाहीमा, उधारो बीमाको धन्दा छताछुल्ल !

अर्थ सरोकार

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार

PRIME CA

दाबी भुक्तानीमा हदैसम्मको दुःख दिने युनाइटेड अजोडसहित ३ बीमा कम्पनी कारवाहीमा, उधारो बीमाको धन्दा छताछुल्ल !

काठमाडौं । बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई प्राधिकरणले कारवाही गरेको हो ।

यी बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको र दावी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएपछि प्राधिकरणले दुई लाख नगद जरिवाना गराएको हो । प्राधिकरणको पुष ६ गते बसेको संचालक समितिको बैठकले तीन बीमा कम्पनीहरुलाई नगद जरिवाना गराउने निर्णय गरेको थियो ।

नियामक नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा थुप्रै कैफियत भेटिएको थियो । कैफियत भेटिएपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई स्पष्टीकरण समेत सोधेको थियो । तर, कम्पनीहरुले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि जरिवाना गराएको प्राधिकरणले जनाएको छ ।

यस अघि प्राधिकरणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पनि दुई लाख रुपैयाँ जरिवाना गराईसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: