×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार कर्मचारीको लाजमर्दो हर्कतः ‘लाहुरेले ल्याएको विदेशी रक्सी चोरे, खाए, पचाए अनि कुरो मिलाए’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भन्सार कर्मचारीको लाजमर्दो हर्कतः ‘लाहुरेले ल्याएको विदेशी रक्सी चोरे, खाए, पचाए अनि कुरो मिलाए’

Artha Sarokar

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कपिलवस्तुमा भन्सार कार्यालयका कर्मचारीले मदिरा चोरेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका कर्मचारीले जाँचपासका लागि नियन्त्रणमा लिइएका विदेशी मदिरा चोरी गरेको पाइएको हो । स्रोतका अनुसार भन्सार अधिकृत बासुदेव नेपाल, नासु सूर्य रेग्मी र रेवती गिरीको निर्देशनमा मदिरा चोरी गरिएको छानविनबाट खुलेको छ ।

उनीहरुले जाँचपासका लागि भन्दै भारतबाट फर्किएका लाहुरेहरुले ल्याएका ६० बोत्तल मदिरा नियन्त्रणमा लिएर ८ बोत्तल मदिरा गायब पारेका थिए ।

ताल्चा फोडेर मदिरा चोरी गरी सेवन गरेको घटना सतहमा आएपछि हाल उक्त घटना गुपचुपमा मिलाउने प्रयास गरिएको छ । स्रोतका अनुसार उक्त मदिरा ल्याउने लाहुरेहरुलाई फकाएर उजुरी नगर्न दबाब दिइएको छ । घटना सामसुम पार्नका लागि भन्सारका उच्च पदस्थ कर्मचारी नै लागि परेको स्रोतको दाबी छ ।

त्यस्तै, मदिरा चोरीको आरोप लागेका नासु सूर्य रेग्मी नेपालगञ्जमा हुँदा निलम्बनमा परेका थिए । पछि सेटिङका आधारमा उनी पुनः भन्सार कार्यालयमै पुगेको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी