×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को विरोधपछि प्रधानमन्त्रीकै निर्देशनमा सुनापति गाउँपालिकाले सार्वजनिक बिदा फिर्ता लियो

PRIME CA

चर्को विरोधपछि प्रधानमन्त्रीकै निर्देशनमा सुनापति गाउँपालिकाले सार्वजनिक बिदा फिर्ता लियो

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्रीको स्वागतमा सार्वजनिक बिदा दिएको रामेछापको सुनापति गाउँपालिकाले बिदा फिर्ता लिएको छ । पुष १९ गते (बिहीबार) गाउँपालिकाले दिएको सार्वजनिक बिदाको चर्को विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनमा गाउँपालिकाले सार्वजनिक बिदा फिर्ता लिएको हो ।

गाउँपालिकाको नयाँ भवन उद्घाटनमा प्रधानमन्त्री आउने भएपछि गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको थियो ।

गाउँपालिकाले १७ पुषमा सूचना नै जारेर प्रधानमन्त्री आउने भन्दै पुष १९ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो । उक्त दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय र बैंक तथा वित्तीय संस्था बन्द हुने गाउँपालिकाले जनाएको थियो ।

तर, प्रधानमन्त्रीको स्वागतमा सार्वजनिक बिदा दिएको भन्दै चर्को विरोध भएपछि प्रधानमन्त्रीकै निर्देशनमा गाउँपालिकाले बिदा फिर्ता लिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: