×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरी मुद्दामा जेल पुगेका चोरको बैंक खातामा लाखौँ रुपैयाँ, एभरेष्ट र ग्लोबल आईएमईमार्फत कारोबार !

PRIME CA

चोरी मुद्दामा जेल पुगेका चोरको बैंक खातामा लाखौँ रुपैयाँ, एभरेष्ट र ग्लोबल आईएमईमार्फत कारोबार !

अर्थ सरोकार

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मंसिर २७ गते चोरीको आरोपमा पक्राउ परेर कारागार चलान भइसकेका चोरको बैंक खातामा लाखौँ रकम मौज्दात रहेको पाइएको छ । ललितपुरको ग्वार्कोबाट पक्राउ परेका मकवानपुरका ३७ वर्षीय वीर बहादुर वाइबाको बैंक खतामा ३४ लाख ७७ हजार रुपैयाँ रहेको भेटिएको हो ।

प्रहरीका अनुसार वाइबाको एभरेष्ट बैंक लिमिटेड र ग्लोबल आइएमई बैकमा रहेको खातामा उक्त रकम रहेको भेटिएको हो । तर, प्रहरीको बयानमा भने वाइबाले बैंक खाता नभएको बताएका थिए ।

यसो त वाइबासँगै प्रहरीले मकवानपुरकै ३७ वर्षीय राम कृष्ण लोप्चनलाई पनि पक्राउ गरेको थियो । हाल दुवैजनालाई ललितपुर जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ । र ३७ वर्षीय लाम कृष्ण लोप्चनको बैंक खातामा ३४ लाख ७७ हजार हजार रुपैयाँ रहेको भटिएको हो ।

चोरी आरोपमा पक्राउ परेर कारागार चलान भइसकेका चोरको बैंक खातमा स्रोत नखुलेको राखौँ रकम फेला परेपछि प्रहरीले वीर बहादुर वाइबाबारे थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको छ ।

उनीहरुविरुद्ध ८ असोजमा ललितपुर महानगरपालिका–१५ स्थित मदन सिलवालको घरबाट १५ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल, ललितपुर–१५ ताल्छिखेलकी सबिता रोक्काको घरबाट ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल र न्यु गोर्खाली खाद्य भण्डारबाट २० थान ग्याँस सिलिन्डर चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: