×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त सहकारीको अनुसन्धान सीआईबीले गर्दै, जिबी राईमाथि विशेष खोजतलास !

PRIME CA

समस्याग्रस्त सहकारीको अनुसन्धान सीआईबीले गर्दै, जिबी राईमाथि विशेष खोजतलास !

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समस्याग्रस्त सहकारीबारे अनुसन्धान गर्ने भएको छ । सहकारी विभागको अनुरोधमा सीआईबीले समस्याग्रस्त सहकारीबारे अनुसन्धान गर्ने भएको हो ।

सहकारी ठगीका घटना र उजुरी थेग्नै नसकिने गरी बढेपछि सहकारी विभागले अनुसन्धानका लागि सीआईबी गुहारेको थियो । सोही अनुसार समस्याग्रस्त सहकारीको ठगी प्रकरणबारे अनुसन्धान सुरु गरेको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् ।

अनुसन्धानका लागि सीआईबीले गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल पनि झिकाएको छ । हाल पोखराका बचतकर्ताको करिब १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरेर संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) फरार छन् । उनीसहित संस्थाका अन्य पदाधिकारीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।

देशभर सहकारी नेटवर्किङ खडा गरी विभिन्न सहकारीको करिब १६ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा विभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भइसकेकाले पनि राईमाथि विशेष खोजतलास गरिने सीआईबी स्रोतको दाबी छ । उनीविरुद्ध  इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्ने प्रक्रियासमेत अघि बढिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: