×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमेज सहकारीको डेढ अर्ब ठग्ने ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी, बैंकहरुको पनि ३५ करोड फस्यो !

PRIME CA

इमेज सहकारीको डेढ अर्ब ठग्ने ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी, बैंकहरुको पनि ३५ करोड फस्यो !

१२ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको हो ।

गत बैशाखदेखि नै फरार रहेका नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोपमा मुद्धा चलिरहेको छ ।

नेपाली दम्पत्ति विदेशमा लुकेर बसेको भन्ने आशंकामा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीमा एक हजार ५ सय ५० जना बचतकर्ताहरुले जाहेरी दिएका छन् । नेपालीविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

बैंकहरुको पनि ३५ करोड जोखिममा !
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपालीले सहकारीको मात्र होइन विभिन्न बैंकहरुको पनि करोडौँ रकम हिनामिना गरेका छन् ।

बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ हिनामिना गरेका उनले ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंकलगायतको पनि करोडौँ रकम हिनामिना गरेको पाइएको हो । उनले यी बैंकहरुबाट झण्डै ३५ करोड रुपैयाँ ऋण लिएको पाइएको छ । बैंकबाट पनि ऋण लिएका नेपाली फरार भएपछि उनको नाममा ग्लोबल आइएमई बैंक र राष्ट्रिय सहकारी बैंकमा रहेको कर्जा जोखिममा परेको छ ।

इमेज सहकारी ठगी प्रकरणमा नेपालीसँगै फरार भएका संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार, पदाधिकारीहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: