काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजन संचालक कम्पनी गोर्खा मिडिया नेटवर्कको सेयर किनबेचका क्रममा पैसा लेनदेन नै नभई प्रक्रियाका लागि मात्र कागज बनाएको दाबी सार्वजनिक भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले यस विषयमा छानविन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेको ग्यालेक्सीमा रहेको सेयर खरिदबिक्रीका क्रममा कम्पनी रजिष्ट्रारको कार्यालयलाई किर्ते कागज बुझाईएको पाइएपछि यसबारे कम्पनी रजिष्ट्रारको कार्यलयले छानविन गर्ने भएको हो ।
‘रविजीले गोर्खा मिडियामा आफ्नो नाममा रहेको सेयर हस्तान्तरण गरेबापत आफूले कसैबाट एक रुपैयाँ पनि नलिएको दाबी गरेका गर्नुभएको छ । पैसा नलिई सेयर ट्रान्स्फर नै हुँदैन । पैसा नलिई लिएको हो भनेर कागज बनाएर कार्यलयलाई दिनु पनि गलत हो । यस विषयमा हामी छानविन गर्छौँ ।’, कम्पनी रजिस्ट्रारको कार्यलयका एक उच्च अधिकारीले भने, ‘कुरा रविको होइन, सिष्टमको हो । यस विषयमा छानविन गरि आवश्यक निर्णय लिन्छौँ ।’
ग्लोबल आइएमई बैंकमा रहेको रविको खातामा १ करोड ८० लाख रुपैयाँ जम्ममा गरेको भौचर सार्वजनिक भएपछि रविले पत्रकार सम्मेलन गरेरै उक्त रकम आफ्नो बैंक खातामा नआएको बताएका छन् । त्यो भौचर कसले भर्यो वा कसले रकम जम्मा गरायो मलाई थाहा छैन । तर, मेरो खातामा कुनै पनि रकम आएको छैन ।’, उनले भनेका छन्, ‘बैंकले नै खातामा पैसा आएको छैन भनेको छ । यो लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्ने कुरै होइन ।’ तर कम्पनी रजिष्ट्रारको कार्यलयमा सो रकम लेनदेन भएको अभिलेख छ ।
त्यस्तै, रविले आफ्नो नाममा रहेको १५ प्रतिशत गुडविल सेयर हस्तान्तरण गर्दा रकम नलिएको र १ करोड ८० लाख रकम बैंक खातामा जम्मा भएको भन्ने कुरा गलत भएको भन्दै सोमबार पत्रकार सम्मेलन नै गरेका थिए । पत्रकार सम्मेलनमा रविले ग्लोबल आइएमई बैंकले दिएको पत्र सार्वजनिक गर्दै आफ्नो खातामा कुनै पनि रकम जम्मा नभएको बताएका थिए । बैंकले रविलाई दिएको पत्रमा पनि १ करोड ८० लाखको भौचर जम्मा भएको तर रकम मौज्दात नभएपछि चेक बाउन्स भएको उल्लेख छ । यहि भनाईलाई आधार मान्ने हो भने कम्पनी कानुनको बर्खिलाप हुने कार्यलयका अधिकारीको भनाई छ ।
ग्यालेक्सीमा रहेको सेयर किनबेच प्रक्रियामा ‘१ करोड ८० लाख रकम लिएको हुँ’ भनेर रवि लामिछानेले सहिछाप गरेको कागज र भौचर कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको देखिएको छ । जसलाई रविले प्रक्रियाका लागि मात्रै गरिएको कागज भनेका छन् । रविको यहि भनाई मान्ने हो भने पनि कम्पनी कानुनविपरित कार्य भएको ठहरिने कार्यलयका अधिकारीको भनाई छ । ‘कम्पनी रजिष्ट्रारको कार्यालयमा फर्जी विवरण बुझाएको पाइए किर्ते मुद्दा चल्छ, हामीले बुझेको यत्ति हो ।’, ती अधिकारीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्