काठमाडौँ । सहकारी ठग गितेन्द्रबाबु (जिबी) राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ । सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेर फरार भएका राईविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँग जोडिएको ठगी सम्बन्धी मुद्दामा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको हो ।
योसँगै विदेशमा लुकेर बसेको आशंका गरिएका राई इन्टरपोलको सदस्य राष्ट्र मुलुकहरुमा भए वा नभएको लोकेट हुनेछ । त्यसपछि राईलाई डिपोर्ट गराएर नेपाल पठाउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
राईविरुद्ध सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीका बचतकर्ताले दिएको जाहेरीका आधारमा राईसहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । हाल तीमध्ये १५ जना फरार छन् ।
हाल सहकारीका कोषध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीहरुविरुद्ध सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्