काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदातलले पौडेलद्वयलाई थुनामै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो ।
योसँगै अब पौडेलद्वयलाई हिरासतमै राखेर थप अनुसन्धान हुनेछ । उनीहरुमाथि सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे खरिदमा घोटाला गरेको आरोप छ ।
आवश्यक पूर्वाधार नै तयार नगरी नेसनल पेमेन्ट गेटवे खरिद गरेको भन्दै अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सात जनाविरुद्ध गत असोजमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
त्यस्तै, पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज फ्युल स्टोरेज ट्याङको खरिद कार्यमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचारको गरेको आरोपमा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्