×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचतकर्ताको डेढ अर्ब ठग्ने इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार कारागार चलान, अध्यक्ष भागेको-भाग्यै !

PRIME CA

बचतकर्ताको डेढ अर्ब ठग्ने इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार कारागार चलान, अध्यक्ष भागेको-भाग्यै !

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी कसुरमा पक्राउ परेकी इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बागलुङले सुनारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । सोही आदेशअनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बचतकर्ताको करोडौँ हिनामिना गरेको कसुरमा सुनारविरुद्ध गत असार १० गते नै पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता उनी फरार थिइन् ।

सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत बिहीबार ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालतमा बागलुङमा पेस गरिएकी सुनारलाई अदालतले कारागार चलान गर्ने आदेश दिएको हो । उनीसहित सहकारीका सञ्चालकमाथि बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

हाल संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली भने अझै फरार छन् । फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत ‘रेड कर्नर’ नोटिस समेत जारी गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: