×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ जारी गर्ते तिव्र तयारीमा नेपाल विद्युत प्राधिकरण, प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइयो

PRIME CA

आईपीओ जारी गर्ते तिव्र तयारीमा नेपाल विद्युत प्राधिकरण, प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइयो

अर्थ सरोकार

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्राथामिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने तिव्र तयारीमा रहेको नेपाल विद्युत प्राधिकरणलाई आईपीओ जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । प्राधिकरणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने प्रस्ताव स्वीकृतिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको हो ।

जारी पुँजी ३ खर्ब पुर्याएर त्यसको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको प्राधिकरणको आईपीओ निष्कासनमा अर्थ मन्त्रालयले सहमति जनाएसँगै आईपीओ जारी गर्न दिने प्रस्ताव उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो ।

यसो त प्राधिकरणले सञ्चालक समितिको गत मंसिर १० गते बसेको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको थियो । प्राधिकरणले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३० रुपैयाँका दरले आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ जारी गर्न दिने उर्जा मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भए आईपीओ निष्कासनको थप प्रक्रिया अघि बढाउने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्नका लागि विद्युत प्राधिकरणलाई इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ । यसले प्राधिकरणको वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको जनाउँछ । प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: