×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीका नाममा राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग कसले माग्यो पैसा ?

PRIME CA

गभर्नर अधिकारीका नाममा राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग कसले माग्यो पैसा ?

अर्थ सरोकार

२९ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाट्सएप अकाउन्ट बनाएर दुरुपयोग गरिएको पाइएको छ । गभर्नर अधिकारी नाम र फोटो प्रयोग गरेर ह्वाट्सएप अकाउन्ट बनाइ विभिन्न व्यक्तिसँग कुराकानी गरेको पाइएको हो ।

गभर्नरको नाम र फोटो दुरुपयोग गरेर ह्वाट्सएप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको राष्ट्र बैंकले पुष्टि गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुकमार्फत पोष्ट गर्दै राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो प्रयोग गरेर ह्वाट्सएप अकाउन्ट खोलेको, विभिन्न व्यक्तिसँग कुराकानी गरेको पाइएको जनाएको छ । साथै राष्ट्र बैंकले उक्त अकाउन्ट गभर्नर अधिकारीको आधिकारिक ह्वाट्सएप अकाउन्ट नभएकोले सचेत रहन पनि आग्रह गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो प्रयोग गरिएको उक्त ह्वाट्सएप अकाउन्टबाट राष्ट्र बैंककै कार्यकारी निर्देशकसँग पैसा मागेको पनि पाइएको छ । आफु मिटिङमा भएकोले फोन उठाउन नसक्ने भन्दै उक्त ह्वाट्सएपबाट राष्ट्र बैंककै कार्यकारी निर्देशकसँग पैसा मागिएको हो । गभर्नरको नाममा नक्कली ह्वाट्सएप चलाउनेले आफूलाई तत्काल केही जरुरी कारोबार गर्नुपर्ने भएकाले ८० हजार रुपैयाँ मागेको पाइएको छ ।

तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने आफूले कसैसँग पनि पैसा नमागेको र आफ्नो नाम र फोटो प्रयोग गरेर विभिन्न व्यक्तिसँग कुराकानी गरिएको ह्वाट्सएप अकाउन्ट आफ्नो नभएको दाबी गरेका छन् ।

हाल गभर्नर अधिकारीको नाम र फोटो दुरुपयोग गरेर ह्वाट्एप अकाउन्ट खोली विभिन्न व्यक्तिसँग रकम माग्ने व्यक्तिविरुद्ध राष्ट्र बैंकले साइबर ब्यूरोमा उजुरी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: