काठमाडौँ । नक्कली नोटको भिडियो देखाएर ठगी गर्ने युवक पक्राउ परेका छन् । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।
चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट सुरेन्द्र वलीको ७ लाख रुपैयाँ ठगी गरेका थिए ।
दाङ तुलसीपुर का वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर लामाले ७ लाख रुपैयाँ लगेका थिए । तर, १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार त्यसपछि भने फर्किएनन् । त्यसपछि आफू ठगिएको थाहा पाएका वलीले तुरुन्तै प्रहरीमा लामाका नाममा जाहेरी दिएका थिए ।
वलीले दिएको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्वयम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । पक्राउ परेका लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोबाइल समेत बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्