×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँबाट नक्कली नोटसहित एक महिला पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

PRIME CA

काठमाडौँबाट नक्कली नोटसहित एक महिला पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

अर्थ सरोकार

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । बालाजु माछापोखरी चोकबाट १ हजार दरको पाँच थान नक्कली नोटसहित प्रहरीले काभ्रेको नमोबुद्ध नगरपालिका–१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपानेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी न्यौपानेले औषधी खरिद गर्ने क्रममा पसलमा नक्कली नोट दिएकी थिइन् । उनले दिएको नोटमा शंका लागेपछि पसलेले प्रहरी वृत्त बालाजुमा खबर गरेका थिए ।

सोही सूचनाका आधारमा प्रहरीले न्यौपानेलाई नक्कली नोटसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ हजार दरको पाँच थान नक्कली नोट बरामद गरेको छ । हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: