×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको सिष्टम तीन दिन बन्द हुने, सिष्टम बन्द गर्नुको कारण मर्मत कि चलखेल ?

PRIME CA

नेप्सेको सिष्टम तीन दिन बन्द हुने, सिष्टम बन्द गर्नुको कारण मर्मत कि चलखेल ?

अर्थ सरोकार

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टम तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका नाममा बिहीबारदेखि शनिबार रातीसम्म नेप्सेको सिष्टम बन्द हुने भएको हो ।

विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्नका लागि २६ पुषदेखि २८ गतेसम्म सिष्टम बन्द हुने नेप्सेले जनाएको छ । ‘विद्युतीय मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि मिति २०८०/०९/२६ गते बिहीबार साँझ ५ः०० बजेदेखि मिति २०८०/०९/२८ गते शनिबार राती ११ः०० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’, नेप्सेको सूचना उल्लेख छ ।

तर, मर्मत सम्भारका नाममा सिष्टम बन्द हुने विषयमा भने सेयर लगानीकर्ताहरुले शंका व्यक्त गरेका छन् । ‘सिष्टम डाउन’ भन्दै यसअघि नेप्सेमा थुप्रैपटक चलखेल भएको पाइएकोले यसपटक नेप्सेमा साच्चै सिष्टम मर्मत सम्भार हुन लागेको हो वा चलखेल हो भन्नेबारे लगानीकर्ताले शंका गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: