×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कथित मर्मत’पछाडी नेप्सेको कारोबार प्रणालीमा झनै समस्या, कहिले साइट नै खुल्दैन, कहिले अर्डर नै बस्दैन !

अर्थ सरोकार

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार

PRIME CA

‘कथित मर्मत’पछाडी नेप्सेको कारोबार प्रणालीमा झनै समस्या, कहिले साइट नै खुल्दैन, कहिले अर्डर नै बस्दैन !

काठमाडौँ । मर्मतका नाममा नेप्सेको सिष्टममा प्रवेश गरेका अनाधिकृत पहुँचको तथ्यांक मेटेको नेप्सेको सिष्टम ‘कथित मर्मत’पछि झनै ह्याङ्ग भएको पाइएको छ । मर्मतपछाडीको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्सेको वेव साइट, टिएमएस लगायतमा समस्या देखिएको छ ।

कारोबार खुलेदेखि नै नेप्सेको वेब साइट खुल्न समस्या देखिएको छ । घरी खुल्ने, घरी नखुल्ने हुँदा आन्तरिक रुपमा हुने चलखेल बढेको आशंका गर्ने ठाउँ दिएर नेप्सेले आफुलाई झनै नाङ्गो बनाएको छ । यता टिएमएसमा पनि कहिले अर्डर नै नबस्ने, कहिले हालेको अर्डर पनि नदेखिने, कहिले अर्डर राखिसकेपछि पनि अर्डरमा सून्य देखाउनेजस्ता समस्या देखिएको छ ।

नेप्सेले भने सधैं भन्नेजस्तो यसलाई प्राविधिक समस्या भनेको छ । तर प्राविधिक समस्याका नाममा नेप्सेको सिष्टम नै कब्जा गरेर वाईकोले मनपरी गर्दा पनि यस विषयमा सम्बन्धित निकाय मौन छ । नेप्से स्वयम् नै वाईकोसँगको सेटिङमा लाग्दा र नेपाल धितोपत्र बोर्डले पनि यहिबेला नेतृत्वविहीन हुँदा खेलाडीहरुले झन् चलखेल गर्ने मौका पाएका छन् ।

यसअघि स्वयम् बोर्डले नेप्सेको सिष्टममा अनाधिकृत पहुँच हुने गरेको प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदनसहितको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि सरकारले यस विषयमा छानविन गर्न आवश्यक निर्देशन दिईसकेको छ । तर नेप्सेलाई च्यापेर मनपरी गर्न पल्किएको वाईकोले मर्मत सम्भारका नाममा ३ दिन लगाएर अनाधिकृत पहुँचको विवरण डिलिट गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: