×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरार सूचीमा रहेका सूर्यदर्शन सहकारीका २ सञ्चालक पक्राउ

PRIME CA
GLOBAL IME BANK

फरार सूचीमा रहेका सूर्यदर्शन सहकारीका २ सञ्चालक पक्राउ

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताको अरबौँ ठगी गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन् । संस्थाका पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला अदालत कास्कीमा उपस्थित भएका दुवैजनालाई अदालतबाटै नियन्त्रण लिइएको हो । इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्ने तयारी भइरहेका बेला पक्राउ पुर्जी जारी भएर फरार रहेका गुरुङ र अर्याल मंगलबार अदालतमा आफैँ उपस्थित भएका थिए । मंगलबार अदालतमा बयान नसकिएपछि उनीहरुलाई प्रहरीले अदालतबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

हाल सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड अपचलन गरेको आरोप पक्राउ पुर्जीसमेत जारी भइसकेका संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहितका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हाल उनीहरु फरार छन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीले संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: