×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० लाख हिनामिना गर्ने नोबेल अस्पतालका ३ कर्मचारी पक्राउ, ‘काउन्टरमा जम्मा गर्नुपर्ने पैसा आफैँ चलाउँथे’

PRIME CA

२० लाख हिनामिना गर्ने नोबेल अस्पतालका ३ कर्मचारी पक्राउ, ‘काउन्टरमा जम्मा गर्नुपर्ने पैसा आफैँ चलाउँथे’

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नोबेल शिक्षण अस्पतालका कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा जम्मा गर्नुपर्ने करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

काउन्टरमा जम्मा हुनुपर्नेजति रकम जम्मा नभएको थाहा पाएपछि अस्पताल प्रशासनले प्रहरीले उजुरी दिएको थियो । सोही उजुरीका आधारमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालले बताएका छन् ।

दाहालका अनुसार पक्राउ पर्नेमा अस्पतालका क्यासियर विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीका २९ वर्षीय राजेशकुमार फौदार रहेका छन् ।

पक्राउ परेका तीनैजनाले विभिन्ने सेवाका लागि भन्दै ग्राहकहरुले भुक्तानी गरेको रकम अस्पतालको काउन्टरमा जम्मा नगरी आफैँ चलाउन गरेको पाइएको डिएसपी दाहालले बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दाहालले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: