×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयौँ बचतकर्ताको करोडौँ ठगेर भाग्ने रियल गोरखा सहकारीका अध्यक्ष हर्कबहादुर पक्राउ, अब जेलको बास !

PRIME CA

सयौँ बचतकर्ताको करोडौँ ठगेर भाग्ने रियल गोरखा सहकारीका अध्यक्ष हर्कबहादुर पक्राउ, अब जेलको बास !

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बचतकर्ताको करोडौँ हिनामिना गरेर फरार भएका रियल गोरखा सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अध्यक्ष कठायतलाई कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध सहकारीका १ सय ३७ भन्दा बढी बचतकर्ताले सहकारी ठगीको उजुरी दिएका थिए । सोही उजुरीपछि उनी फरार भएका हुन् ।

फरार रहेका कठायतको खोजी गर्दैजाँदा उनलाई कैलालीको अत्तरियाबाट पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ । कठायतमाथि बचतकर्ताको करिब चार करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप छ । उनीविरुद्ध थप अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: