×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीका ‘मुख्य दोषी’ मृगेन्द्र घिमिरे ३० लाख धरौटीमा छुटे, छुट्नै बित्तिकै सम्पत्ति शुद्धीकरणले समात्यो

PRIME CA

सहकारी ठगीका ‘मुख्य दोषी’ मृगेन्द्र घिमिरे ३० लाख धरौटीमा छुटे, छुट्नै बित्तिकै सम्पत्ति शुद्धीकरणले समात्यो

अर्थ सरोकार

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष मृगेन्द्र घिमिरेलाई सम्पत्ति शुद्धीकरणले पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर ३० लाख धरौटी तिरेर रिहा भएका घिमिरेलाई छुट्नेबित्तिकै पक्राउ गरिएको हो । पक्राउ परेका घिमिरेलाई सम्पत्ति शुद्धीकरण विभाग, काठमाडौँ पठाइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतमा दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दामा घिमिरेलाई कालिका सहकारी ठगी प्रकरणको मुख्य दोषी बनाइएको छ । कालिका सहकारी ठगी प्रकरणमा हाल २६ जना फरार छन् ।

प्रहरीका अनुसार सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको, गैरकानुनी रुपमा रकम अपचलन गरेको, मनपरी ऋण प्रवाह गरेको लगायतका आरोपमा बचतकर्ताले दिएको उजुरीका आधारमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

तर, हालसम्म ८ जना मात्रै पक्राउ परेका छन् । उनीहरु पनि धरौटीमा छुटिसकेको प्रहरीले जनाएको छ । हाल फरार रहेकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: