×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्टी प्यालेसहरुमा सक्कली ब्राण्डका नक्कली रक्सी छ्याप्छ्याप्ती, सक्कली बोत्तलमा नक्कली रक्सी भरेर बेच्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पार्टी प्यालेसहरुमा सक्कली ब्राण्डका नक्कली रक्सी छ्याप्छ्याप्ती, सक्कली बोत्तलमा नक्कली रक्सी भरेर बेच्ने पक्राउ

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सक्कली बोत्तलमा नक्कली रक्सी भरेर बिक्री गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । नक्कली रक्सी बनाएर कारोबार गरेको भन्ने सूचना आधारमा मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, २६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का र सिन्धुपाल्चोककै २८ वर्षीय गौरव तामाङ रहेका छन् ।

त्यस्तै, प्रहरीले काठमाडौँ कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की र रामेछापका २० वर्षीय मनिष खत्रीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले डबल ब्यल्याक, ब्याल्याक लेबल, खुकुरी रम तथा गोल्डेन ओक लगायतका ब्राण्डका बोत्तलमा नक्कली रक्सी भरेर बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको मनोहरा नगरपालिका-५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोटाबाट नक्कली रक्सी बनाउने सामाग्रीहरु पनि बरामद गरेको छ । हाल उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसरी ब्राण्डेड रक्सीका सक्कली बोत्तलमा नक्कली रक्सी भरेर ती रक्सीहरु काठमाडौँ लगायतका विभिन्न शहरहरुमा रहेका पार्टी प्यालेस तथा रेष्टुरेण्टहरुमा पठाउने गरेको पनि पाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी