×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देउताको नाटक गरेर’ रामबहादुर यसरी बने नेपालकै ‘धनी जोगी’, खडा गरे करोडौँको साम्राज्य !

PRIME CA

‘देउताको नाटक गरेर’ रामबहादुर यसरी बने नेपालकै ‘धनी जोगी’, खडा गरे करोडौँको साम्राज्य !

अर्थ सरोकार

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । साधु त त्यो हो, जसले काम, क्रोध, लोभ, मोह, मद्, मास्चर्य छोडेर सत्य, धर्म, शान्ति, प्रेम र अहिंशाको बाटो रोज्छ । गुरु त त्यो हो, जसले ज्ञानको दीपले अनेक मनहरुलाई जाज्वल्यमान गराउँछ । तर यो त आखिर कलियुग हो, यहाँ त देउताको नाटक गरेर मान्छे ठग्नेहरु जोगी कहलिन्छन् । अनुयायीलाई शोषण गर्नेहरु साधु कहलिन्छन्, अनि जोगी हुँ भनेर करोडौं पैसा घरमै लुकाएर राख्छन् । तर सत्य त आखिर एक हुन्छ, र सत्य आखिर सत्य ठहरिन्छ । रामबहादुर बम्जनले देउताको नाटक गरेर बनाएको करोडौंको साम्राज्य पनि ढल्ने स्थितिमा छ । प्रहरीको फरार सूचीमा रहेका बम्जन अन्तत: पक्राउ परेका छन् र भत्किंदैछ उनले झुट बेचेर खडा गरेको साम्राज्य ।
रामवहादुर बम्जन, अर्थात पाल्देन दोर्जे । कलियुगका बुद्धका रुपमा परिचित एक तपश्वी । पटकपटक विवादमा आएका एक तपश्वी, जसलाई देवता भएको भन्दै पुज्नेहरु हजारौंको संख्यामा भइसकेका थिए । अझ कुनै बेला त उनको चर्चा यतिसम्म थियो कि मानौं उनी स्वयम् नै गौतम बुद्धका अर्का अवतार हुन् । तर बिना सोच, र अध्ययन उनलाई ‘देवता’को उपमा दिनेहरुसँग बम्जनले भने राम्रै व्यापार गरिरहेका थिए । परिणाम, घरबाट करोडौं रुपैयाँ बरामद गरेको छ प्रहरीले ।
सुन्दा पनि अचम्म लाग्ने तथ्य, एउटा जोगीको घरमा गैरकानुनी रुपमा राखिएका १७ देशका मुद्रासहित तीन करोड तीन लाख ७५ हजार नेपाली रुपैयाँ भेटिन्छ। आफूलाई जोगी बताउनेले चढ्ने गाडी नै करोडौंको रहेछ । विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार बम्जनलाई पक्राउ गरेको हो । प्रहरी उनलाई पक्राउ गर्न जाँदा उनी ध्यानमा थिएनन्, बरु मस्त घरमै बसिरहेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि उनले घरको दुई तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, उनी भाग्न सकेनन्, र प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
आखिर बम्जन किन पक्राउ परे त ?
उनीविरुद्ध ठगी, हत्या, यौन दुराचार लगायतका आरोप छन् ।बम्जनले अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो । प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको पनि थियो, भने सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो ।तर बम्जन त्यहाँ रहेको सूचना गलत सावित भएपछि प्रहरी त्यहाँबाट रित्तो हात फर्किएको थियो । लामो समय देखि उनी प्रहरीको फरार सूचीमा थिए । र अन्तत: उनी पक्राउ परेका छन् ।
बम्जनका नाममा देशविदेशबाट करोडौं रुपैयाँ जम्मा भएको छ । कति रकम कहाँ खर्च भयो भन्ने यकिन हिसाब कसैसँग छैन । तर उनलाई देउता सम्झेर पैसा दिनेहरुले दिईरहे, उनले लिईरहे ।  कुनैपनि औपचारिक शिक्षा नलिएका उनीविरुद्ध ६९ साल असारमा जिल्ला बन कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । फरक फरक नाममा नागरिकता निकाल्ने प्रयास गरेपछि बारा जिल्ला प्रशासनले पनि उनलाई पक्राउ गर्न खोजेको थियो । तर उनी त्यतिबेला पनि भागेका थिए । नी माथि चेकोस्लाभियाकी नागरिक मारिची र आफ्नी बहिनी रञ्जितालाइ पनि बन्धक बनाएको आरोप पनि उनीमाथि लागेको थियो ।

तर केहि अनुयायी बटुलेपछि ती कथित देउतालाई छुने आँट कसको थियो र ? र पनि, २०७५ साल भदौ अन्तिममा रौतहटकी १८ वर्षीया गंगामाया तामाङले पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् । उनले आफुमात्र होइन, आश्रममा थुप्रै कलिला चेलीहरुमाथि यस्तो दुर्व्यवहार हुने गरेको दाबी गरेकी थिइन् । तर त्यसबेला पनि शक्तिको आडमा बम्जन पक्राउ परेनन् । त्यसपछि बम्जनमाथि आरोप लगाउनेहरु एक एक गरी बढे, तर बम्जन पक्राउ परेनन् । तर अन्तत: उनी पक्राउ परेका छन् ।

अव के हुन्छ ?
अव उनीविरुद्ध विभिन्न खाले मुद्धा चल्छन् । हत्या, वा बलात्कारमा दोषी ठहर भए उनले लामो समय जेलमै ध्यान गर्नुपर्ने स्थिति आउनेछ । सो मुद्धामा उनले सफाई पाए भने पनि उनीमाथि सम्पत्ति सुद्धिकरण, डलर अपचलन, ठगी लगायतका मुद्धा चल्नेछन् । उनी जेल जाने सम्भावना अधिक छ, उनले सबै मुद्धामा सफाई पाए भने पनि उनी लामो समय प्रहरी हिरासतमा बस्नुपर्ने पक्कापक्की भएको छ ।
रामबहादुरका नाममा विभिन्न कार्यक्रमहरु चले, उनका नाममा थुप्रै रकम चन्दाका नाममा संकलन भए । कतिले उनलाई ल्याबटप, आईप्याड, मोबाइल उपहार दिए, कति उनले आफैंले किने । यसरी सांसारिक मोहदेखि टाढा रहेर अध्यात्मसँग मन जोड्न सिकाउनुपर्ने साधु आफैं ठग भएर निस्कियो र करोडौंको साम्राज्य खडा गर्यो ।
अहिले अनुसन्धानलाई प्रभावित पार्न विभिन्न खालको लविङ सुरु गरेका छन् उनका अनुयायीहरुले । अनुसन्धानलाई प्रभावित पार्नेगरी जुलुस गर्ने, प्रदर्शन गर्ने, मान्छे जम्मा पार्ने, पूर्वमन्त्रीहरु उनलाई भेट्न जानेजस्ता काम भईरहेका छन् । तर उनीबाट पीडीत भएको बताउनेहरु भने यतिबेला न्यायको आशमा बसिरहेका छन् । प्रहरीले उचित छानविन गरोस्, उनी दोषी ठहर भए कडा भन्दा कडा कारवाही होस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: