×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्समा सीइओको बदमासीको हद, ऋणीले तिर्नै नसक्नेगरी ऋण प्रवाह, झुटो विवरण देखाएर जग्गा किन्न ऋण !

PRIME CA

रिलायन्स फाइनान्समा सीइओको बदमासीको हद, ऋणीले तिर्नै नसक्नेगरी ऋण प्रवाह, झुटो विवरण देखाएर जग्गा किन्न ऋण !

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । रिलायन्स फाइनान्सले ऋणीले तिर्नै नसक्नेगरी ऋण प्रवाह गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा यस्तो कैफियत भेटिएको हो । निरीक्षणका क्रममा बैंकले ऋणीको व्यवसायिक क्षमताभन्दा बढी हुनेगरी नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत कर्जा प्रवाह गरेको पाइएको हो ।

यस्तै फाइनान्सभित्र कर्जाको परियोजना सन्तोषजनक नरहेकोसमेत राष्ट्र बैंकले ठहर गरेको छ ।

राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा रिलायन्स फाइनान्सको यो हदसम्मको बदमासीसमेत भेटिएको छ कि, बैंकले अर्को बैंकको ऋण तिर्नका लागि पनि ऋणीलाई ऋण दिएको पाइएको छ । राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार यस्तो कार्य गैरकानुनी मानिन्छ । यस्तै कर्जा असुरक्षित रहँदाकै अवस्थामा संस्थाको सञ्चालक समितिबाट कर्जा स्वीकृतिको निर्णय गरेर बैंकको संचालक समितिले निक्षेपकर्ताको हितविपरीत कार्य गरेकोसमेत राष्ट्र बैंकको ठहर छ ।

यस्तै फाइनान्सले व्यवसाय गर्न भनेर दिएको कर्जाले जग्गा खरिदमा भुक्तानी भएकोसमेत पाइएको छ । फाइनान्सले ऋणका नाममा हदैसम्मको अराजकता देखाएको पाइएपछि नियामक राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम रिलायन्स फाइनान्सका सञ्चालक समितिलाई नसिहत दिनेगरी कार्वाही गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: