काठमाडौँ । तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाको पुँजी २५ रुपैयाँबाट १२ करोड बढि पुगेको छ । सामुदायिक वन सम्वर्द्धन तथा बचाउमा काम गर्ने बचतकर्ताहरुले मासिक २५ रुपैयाँ बचतबाट सुरु गरेको तौडोलछाप सहकारीको पुँजी १२ करोड ८ लाख पुगेको हो ।
आर्थिक मन्दी र देशभर सहकारी क्षेत्र समस्यामा परेका बेला यो सहकारी भने नाफा देखिएको छ । आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै संस्थाले संस्था नाफामा रहेको जनाएको हो ।
२०६३ सालमा सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नुपर्छ भन्ने मान्यताका साथ मासिक २५ रुपैयाँका दरले संस्थामा बचत गर्न थालेका थिए । पछि सहकारीको पुँजी बढ्दै जान थालेपछि अन्य सदस्यहरुल्े पनि चासो देखाएका थिए । यही अनुसार २०६६ सालमा संस्थाले मूर्त रुप लिएको थियो ।
३० जना बचतकर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पुँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैयाँ रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ ।
सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको भन्दै सहकारीका सदस्य तथा पदाधिकारीको प्रशंसा गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्