×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टोले दाजुभाइ’ले चलाएको कान्तिभैरब सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, १ अर्ब २१ करोड बढी हिनामिना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘टोले दाजुभाइ’ले चलाएको कान्तिभैरब सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, १ अर्ब २१ करोड बढी हिनामिना !

Artha Sarokar

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकणेश्वर नगरपालिका–८ स्थित सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । ठगी कसुरमा पक्राउ परेका उनीहरुलाई हाल गोकर्ण प्रहरी विभागमा राखिएको प्रहरीले जनाएको छ ।

सोही कसुरमा पक्राउ पुर्जी जारी भएका सहकारीका सचिव रामदास श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल, सदस्य अनिरुद्र श्रेष्ठ, राधेश्याम श्रेष्ठ भने फरार रहेका छन् । फरारमध्येका पौडेल गोकर्णेश्वर महादेव अंग्रेजी माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । कान्तिभैरब सहकारीका सबै सञ्चालक एउटै टोलका दाजूभाइ रहेको पनि पाइएको छ ।

उक्त सहकारीमा ७०० जना बचतकर्ताको एक अर्ब २१ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । ठगीमा संलग्नहरुको खोजीकार्यका साथै पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी