×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करोडौँ कुम्ल्याएर गोकर्ण सहकारीका अध्यक्ष फरार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

करोडौँ कुम्ल्याएर गोकर्ण सहकारीका अध्यक्ष फरार !

Artha Sarokar

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बचतकर्ताको करोडौँ रुपैयाँ फिर्ता नगरी गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फरार भएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित उक्त सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्ठ फरार भएका भएको गुनासो बचतकर्ताको छ ।

पटकपटक बचत फिर्ताको माग गर्दा पनि रकम फिर्ता नपाएपछि बिहीबार सहकारीका बचतकर्ताहरु संस्थाको कार्यालय घेराउ गर्न पुगेका थिए । गोकर्ण सहकारीमा ५ हजारदेखि ५० लाखसम्म बचत गर्ने बचतकर्ताहरु पनि भएको पीडितहरु बताउँछन् । रकम माग गर्दै दिनदिनै सहकारी धाउँदा पनि रकम फिर्ता नपाएपछि संस्थाका अध्यक्षलाई सम्पर्क गर्न खोजेको तर अध्यक्ष नै फरार भएको बचतकर्ताहरुले दाबी छ ।

सहकारीका सञ्चालक तथा अध्यक्ष नै फरार भएपछि बचतकर्ताहरुले अध्यक्ष तथा सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरीसमेत दिएका छन् ।

सुकामोर जोडेर बचत गरेको रकम हिनामिना गरी अध्यक्ष नै फरार भएपछि आफुहरु बिचल्लीमा परेको बचतकर्ताहरुको गुनासो छ ।

यता सहकारीका अध्यक्ष रोशनबाबू श्रेष्ठले पनि तिहार यता बचत फिर्ता गर्न नसकेको स्वीकारेका छन् । यध्यपी आफू बचतकर्ताको सम्पर्कमै रहेको उनको दाबी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी