काठमाडौँ । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर काठमाडौँको जनयोग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजुन कार्की सम्पर्कविहीन भएका छन् । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित उक्त सहकारीका अध्यक्ष कार्की केही दिनदेखि सम्पर्कविहीन भएका हुन् । कार्कीसँगै सहकारीकी शाखा प्रमुख आस्था कार्की पनि सम्पर्कविहीन भएकी छिन् ।
बचतकर्ताका अनुसार सम्पर्कविहीन भएका सहकारीका अध्यक्ष अर्जुन कार्की र शाखा प्रमुख आस्था कार्की दाजुबहिनी हुन् । उनीहरुले काठमाडौँको बानेश्वरमा पनि सहकारीको सेवा केन्द्र खोलेको बचतकर्ताहरुले बताएका छन् ।
सहकारीका सञ्चालक नै सम्पर्कविहीन भएपछि अहिले सहकारीका बचतकर्ताहरुले सहकारी विभाग र काठमाडौँ महानगरपालिकामा मुद्दा दायर गरेका छन् । बचतकर्ताका अनुसार सहकारीका दाजुबहिनी संस्थाको करिब २० करोड रुपैयाँ हिनामिना गरेर फरार भएका हुन् । सम्पर्कविहीन भएका सञ्चालकलाई बचतकर्ताहरुले तत्काल सम्पर्कमा आएर बचत फिर्ता गर्न आग्रह पनि गरेका छन् ।
तर, फरार भएका सहकारीका सञ्चालक सम्पर्कमा आउने भने कुनै छाँटकाँट नरहेको सहकारीका बचतकर्ताहरुको गुनासो छ । सञ्चालक नै भागेपछि अहिले सहकारीका सयौँ बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्