×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकद्वारा अस्वीकार, भन्यो- ‘विज्ञ दिन सक्छौँ, आफैँ निरीक्षण गर्न सक्दैनौँ’

PRIME CA

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकद्वारा अस्वीकार, भन्यो- ‘विज्ञ दिन सक्छौँ, आफैँ निरीक्षण गर्न सक्दैनौँ’

१५ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ठूला सहकारी निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले सहकारी विभागको सिफारिसमा ९ ठूला सहकारी संस्थाको अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको अनुरोध अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले सहकारीलाई नियमन तथा कारवाही गर्ने अधिकारी आफूहरुसँग नभएको भन्दै सहकारी निरीक्षणको अनुरोध अस्वीकार गरेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार सहकारी संस्थाहरु राष्ट्र बैंक नभएर अर्कै निकायले बनाएको नीति नियममा सञ्चालन हुने हुँदा अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न नसकिने भन्दै अनुरोध अस्वीकार गरिएको हो । यद्यपि राष्ट्र बैंकले बनाएको नीति नियमअनुसार सञ्चालन हुने हो भने चाहिँ सोही अनुसार अनुगमन निरीक्षण गर्न सकिने तीन अधिकारीको भनाई छ ।

त्यस्तै, मन्त्रालयको अनुरोध अस्वीकार गर्दै राष्ट्र बैंकले सहकारीहरुको अनुगनम निरीक्षण तथा लेखा जाँच गर्न नसके पनि आवश्यक परे विज्ञ र दक्ष जनशक्ति उपलब्ध गराउन सकिने भन्दै जवाफ पठाएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

यसो त राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि पनि सार्वजनिक रुपमै सहकारीलाई नियमन, निरीक्षण तथा कार्वाही गर्ने अधिकार आफूहरुलाई नभएकोले सहकारीलाई नियमन गर्न नसकिने तर नियमन गर्ने अधिकार पाए नियमन गर्न सकिने बताएका थिए । साथै गभर्नर अधिकारीले सहकारी नियमनका लागि छुट्टै निकाय स्थापना गरी निरीक्षण तथा नियमन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: