×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ किलो सुन तस्करी प्रकरणः प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवराम गुरुङ नाइकेका पनि ‘नाइके’ निस्किए !

PRIME CA

१४ किलो सुन तस्करी प्रकरणः प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवराम गुरुङ नाइकेका पनि ‘नाइके’ निस्किए !

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दुबईबाट गरिएको १४ किलो सुन तस्करी प्रकरणका ‘मुख्य नाइके’ प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ रहेको पाइएको छ । भन्सार विभागले गरेको अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणका ‘मुख्य नाइके’ काठमाडौँको डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख गुरुङ रहेको खुलेको हो ।

गुरुङकै योजनामा दुबईबाट १४ किलो सुन तस्करी गरिएको भन्सार विभागको अध्ययनले देखाएको छ । सुन तस्करीमा संलग्नता पुष्टि भएसँगै पक्राउ पुर्जी जारी भएका गुरुङ हाल फरार छन् ।

यसअघि विभागले १४ किलो सुन तस्करी प्रकरणा पक्राउ परेका गोरखाका मीन घले र लमजुङका दानबहादुर गुरुङलाई योजनाकारका रुपमा राखेर अनुसन्धान गरेको थियो । तर, अनुसन्धानका क्रममा मीन घले र दाबहादुरलाई पनि जीवनकुमारले परिचालन गरेको खुलासा भएको छ । हाल विभागले तस्करीको ‘मुख्य नाइके’का रुपमा जीवनकुमार गुरुङलाई राखेर थप अनुसन्धान गरिरहेको छ ।

जीवनकुमारको सुन ओसारपसारका लागि भरियालाई दुबई पठाउने, सुन ल्याउने र ल्याइएको सुन नेपाल हुँदै दिल्लीसम्म पुर्याउने काममा संलग्नता देखिएको विभागले अनुसन्धानबाट खुलेको छ । हाल फरार रहेका जीवनकुमार गुरुङ खोजीकार्य भइरहेको विभागले जनाएको छ ।

गुरुङसहितको समूहले गोरखाकै चन्द्र घले र स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई पटकपटक सुन लिनका लागि दुबई पठाएको पनि पाइएको छ ।

यसअघि प्रहरीले २१ मंसिरमा तस्करीको १४ किलो सुनसहित फ्लाइ दुबईको विमानमार्फत नेपाल आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । उक्त तस्करीमा राजनीतिक नेताहरुको पनि संलग्नता भएको आशंकामा थप अनुसन्धान गरिरहेको विभाग स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: