×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्करीको सुन बोक्ने ‘भरिया’ चन्द्र घलेको बयान- ‘एकपटक सुन ल्याउँदा ७० हजार पाइन्थ्यो, अहिलेसम्म २६ किलो ल्याएँ’

PRIME CA

तस्करीको सुन बोक्ने ‘भरिया’ चन्द्र घलेको बयान- ‘एकपटक सुन ल्याउँदा ७० हजार पाइन्थ्यो, अहिलेसम्म २६ किलो ल्याएँ’

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करीको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेले दुबईबाट सुन ल्याएबापत एकपटकको ७० हजार रुपैयाँ पाउने बताएका छन् । विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडलसँग बयान दिने क्रममा घलेले एक पटक सुन ल्याउँदा ७० हजार रुपैयाँ पाउने गरेको बताएका हुन् ।

त्यस्तै, घलेले हालसम्म तीन पटक गरी यसरी नै दुबईबाट तस्करी गरेर सुन ल्याएको पनि बयान दिएका छन् । उनले तीन पटक गरी २६ किलो सुन तस्करी गरेर ल्याएको बयान दिएका हुन् ।

यसरी दुबईबाट ल्याएको तस्करीको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेपछि आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको घलेको बयानमा उल्लेख छ । घलेका अनुसार डस्टबिनमा राखिएको सुन पछि विमानस्थलका सफाइ कर्मचारी, एसी मेकानिक तथा प्लम्बरले बाहिर ल्याउँथे र तस्कर समूहका मान्छेलाई जिम्मा लगाउँथे ।

यसो त सुन तस्करी प्रकरणमा दुबईबाट आउँदा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याइने गरेको पनि घलेको बयानमा उल्लेख छ । तस्करीको सुन आदानप्रदानका लागि ५ दिरामको नोट र कोड नम्बरलाई ‘कोड वर्ड’का रुपमा प्रयोग गर्ने गरेको पनि पाइएको छ । दुबईमा चन्द्र घलेलाई मीन बहादुर घलेले भने व्यक्ति अर्थात अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको पनि चन्द्र घलेले बयानमा बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: