×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलुकको समृद्धि नेताका लागि ‘टाउको दुखाई’ बन्यो, विद्युतीय गाडी र भेपको प्रयोगबारे अध्ययन गर्नुपर्ने निष्कर्ष !

PRIME CA

मुलुकको समृद्धि नेताका लागि ‘टाउको दुखाई’ बन्यो, विद्युतीय गाडी र भेपको प्रयोगबारे अध्ययन गर्नुपर्ने निष्कर्ष !

अर्थ सरोकार

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थ मन्त्रालयले विद्युतीय चुरोट ‘भेप’को प्रयोग बढेपछि राजस्वमा धक्का लागेको ठहर गरेको छ । मन्त्रालयले मुलुकभित्र भेपको प्रयोग तिव्र गतिमा बढ्दा चुरोटको खपत घटेपछि राजस्वमा धक्का लागेको ठहर गरेको हो । चुरोटको उत्पादनमा लगाइने अन्तःशुल्क राजस्वको बलियो आधार भएकाले उत्पादन घट्दा राजस्वमा दबाब परेको मन्त्रालयको भनाई छ ।

अर्थ मन्त्रालयका अनुसार भेपको प्रयोग बढेपछि अहिले चुरोट खानेहरु घटेका छन् । चुरोट उपभोग गर्नेहरुको संख्या घटेसँगै उद्योगहरुमा चुरोटको समग्र उत्पादन स्वतः कम भएको छ ।

राजस्वमा निरन्तर दबाब पर्न थालेपछि भेप प्रयोग र चुरोट उपभोगको विषयमा थप अध्ययन गर्नुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार विद्युतीय चुरोट (भेप)को बढ्दो प्रयोगले चुरोटको उपभोग र उत्पादन दुवै घटेपछि अर्थमन्त्रालय थप अध्ययनमा जुटेको छ ।

यता चुरोट मात्र होइन, बियरको उपभोग र उत्पादनमा पनि कमि आएपछि अन्तःशुल्कमा प्रत्यक्ष असर परेको अर्थ मन्त्रालयलको भनाई छ । यसबाहेक विद्युतीय सवारीको आयात बढ्दा त्यसबाट पनि राजस्व गुमिरहेको मन्त्रालयले जनाएको छ ।

यतिसम्म कि अर्थमन्त्री डा.प्रकाशशरण महतले त सार्वजनिक रुपमै विद्युतीय गाडीका कारण राज्यले राजस्वको ठूलो हिस्सा गुमाएकोले सोच्नुपर्ने बेला भएकोसमेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: