×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा पेप्सी उत्पादन गर्ने वरुण वेभरेजले करोडौँ कर छली गरेको अदालतको ठहर !

PRIME CA

नेपालमा पेप्सी उत्पादन गर्ने वरुण वेभरेजले करोडौँ कर छली गरेको अदालतको ठहर !

अर्थ सरोकार

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उच्च अदालत पाटनले वरुण वेभरेजले कर छली गरेको ठहर गरेको छ । पेप्सी, मिरिन्डा, माउण्टेन ड्यु, स्लाइस र सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको वरुण वेभरेजले नक्कली भ्याट बिल खरिदबिक्री गरेर राज्यलाई करोडौँ कर छली गरेको अदालतले ठहर गरेको हो ।

हरियाणा स्थायी ठेगाना भएको बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले नेपालमा सामान नै खरिद नगरी नक्कली भ्याट बिल मात्रै खरिद गरेर राज्यलाई करोडौँ रुपैयाँ कर छली गरेको अदालतको ठहर छ ।

कम्पनीका वित्त प्रमुखकै मिलेमतोमा ६७ करोड ८१ लाख ६४ हजार ५ सय ६१ रुपैयाँ कर छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले २०७६ पुष ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । पछि जिल्ला अदालत काठमाडौँले उक्त मुद्दा २०७६ फागुन ५ गते उच्च अदालत पठाउने आदेश दिएको थियो । त्यसको ४ वर्षपछि अर्थात गत पुष ३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले वरुण वेभरेजले नक्कली भ्याट बिलको खरिदबिक्री गरेर कर छली गरेका ठहर गरेको हो ।

त्यस्तै, उच्च अदालत पाटनले वरुण वेभरेजविरुद्ध २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसा बिगो कायम र १ करोड रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

एकीकृत कर प्रणाली अर्थात इन्टीग्रेटेड ट्याक्स सिस्टम (आइटीएस) मा मिसम्याच देखिएपछि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले संयुक्तहरूमा अनुसन्धान सुरु गरेर पछि राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद प्रकरणको अनुसन्धान गरेको थियो । विभागको अनुसन्धानबाट वरुण वेभरेजले सामान खरिद नगरी नक्कली भ्याट बिल मात्रै खरिद गरेको र त्यसबाट ट्याक्स रिटर्न लिएको, आयकर छली गरेको र त्यस कार्यमा वरुण वेभरेजकै तत्कालीन वित्त प्रमुख अमित गुप्ताको प्रमुख भूमिका रहेको पुष्टि भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: