×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाईको र नेप्सेको सेटिङः सरकारले छानविन गर्ने इन्साइडर पाएपछि अनाधिकृत पहुँचको सबै ‘एक्सन लग’ रातारात डिलिट !

PRIME CA

वाईको र नेप्सेको सेटिङः सरकारले छानविन गर्ने इन्साइडर पाएपछि अनाधिकृत पहुँचको सबै ‘एक्सन लग’ रातारात डिलिट !

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेप्सेको सिष्टममा अनाधिकृत प्रवेशबारे सरकारले छानविन गर्ने इन्साइडर पाएपछि सिष्टमभित्रको अनाधिकृत पहुँचको सबै ‘एक्सन लग’ मेटाइएको पाइएको छ । वाईकोका एक कर्मचारीले गरेको दाबी अनुसार बिहीबार साँझ नेप्सेको कारोबार प्रणाली बन्द भएपछि रातारात अनाधिकृत पहुँचको सबै ‘एक्सन लग’ डिलिट गरिएको हो ।

यसो त वाईकोका ती कर्मचारीले नेप्सेको सिष्टममा अनाधिकृत प्रवेश गरेर हाथवे र हिमालयन रिको मूल्य उचाल्नेगरी सिष्टमभित्र प्रवेश गरेकाहरुको तथ्यांक डिलिट गर्ने तयारी भएको बिहीबार नै बताएका थिए ।

हाल सरकारले नेप्सेको सिष्टममा तेस्रो व्यक्तिको प्रवेशबारे छानविन गर्न निर्देशन दिएको छ । अर्थ सरोकारले नेप्सेको सिष्टममा अनाधिकृत प्रवेशबारे समाचार सम्प्रेषण गरेपछि अर्थ मन्त्रालयले छानविन गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नेप्सेको सिष्टममा अनाधिकृत प्रवेशबारे छानविन गर्न छिट्टै समिति गठन गरिनेछ ।

अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोस्रो चरणको विद्युतीय मर्मत तथा सम्भारका लागि भन्दै तीन दिन कारोबार प्रणाली बन्द गरेको छ । बिहीबार साँझ ५ बजेदेखि बन्द भएको सिष्टम अब माघ ६ गते (शनिबार) राती ११ बजेपछि मात्रै खुल्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: