×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बियर उत्पादक कम्पनी यति ब्रुअरीद्वारा २०० प्रतिशत लाभांश प्रस्ताव, बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने !

PRIME CA

बियर उत्पादक कम्पनी यति ब्रुअरीद्वारा २०० प्रतिशत लाभांश प्रस्ताव, बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने !

अर्थ सरोकार

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्ना बियर उत्पादक कम्पनी यति ब्रुअरी लिमिटेडले २०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट १०० प्रतिशत बोनस सेयर र १०० प्रतिशत नगद लाभांश गरी कुल २०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश वितरणसम्बन्धी प्रस्ताव माघ २५ गते बस्ने कम्पनीको वार्षिक साधारणसभामा पेश गर्नेछ ।

त्यस्तै, कम्पनीले सभामा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । सँगै सभामा आईपीओ मार्फत निष्कासन हुने पुँजीको उपयोगबारे निर्णय गर्ने, आईपीओ निष्कासन गर्नको लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

योसँगै सभामा कम्पनीको सेयर अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँ कायम गर्ने र संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको सेयर अनुपात ८५ः१५ कायम गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ । हाल यति ब्रुअरीले यति, अर्ना, शिखर, किंगफिसर बियर उत्पादन गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: